गण्डकी प्रदेश सभाद्वारा आमसञ्चार विधेयक पास

गण्डकी प्रदेश सभाद्वारा आमसञ्चार विधेयक पास

Gandaki Pradesh Sabha 1

पोखरा । गण्डकी प्रदेशसभाले आमसञ्चार विधेयक पास गरेको छ । संघीय सरकारमा सत्ता गठवन्धन फेरबदल हुने चर्चा चलिहेका बेला गण्डकीमा वर्षौंदेखि थाती रहेको आमसञ्चार विधेयक पास भएको हो ।

आजको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा विधेयक पास गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रस्तावमा विधेयक पास भएको हो ।

विधेयक पास भएसँगै सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशबाटै हुनेछ ।

विधेयक पारितसँगै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा ‍आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै