पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदलयात्रीको मृत्यु भएको हो।
भयानक सवारी दुर्घटना गराउने कार चालक आफै प्रहरीको सम्पर्कमा आएको कास्की प्रहरीले जनाएको छ । फराकिलो सडकमा नियन्त्रणमै लिन नसक्ने गरी निकै तीव्र गतिमा कार चलाएर दुई युवक मार्ने व्यक्ति कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. २ खादरजुङ्ग घर भएका ३२ वर्षका भक्तराम गुरुङ रहेको खुलेको छ ।
घटनापश्चात् गुरुङ फरार भएका थिए । आज राति ९ः२५ बजे आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको कास्की प्रहरीले जानकारी दिएको हो । दुई पैदलयात्री ठक्कर दिएपछि कार रुख ढाल्दै घरको फार्मेसी रहेको सटरमा गएर ठोक्किएको थियो । कार नै ९० डिग्रीमा कोल्टिएको थियो । त्यति ठूलो दुर्घटना गराएका गुरुङले कारमै फोन छाडेर फरार भएका थिए ।
गए राति १२ बजेर ५१ मिनेटको समयमा पोखरा वडा नं. ५ प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडि बागलुङ बसपार्कबाट जिरो कि.मी. तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । उक्त कार गुरुङले भाडामा लिएको बुझिएको छ । उनी सिंगापुरे पुलिस रहेको बताइन्छ ।
मृतकमध्ये एक जनाको अझै पहिचान खुलेको छैन । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अर्का मृतक बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा नदीपुर बस्ने बर्ष २० को ढालेन्द्र छन्त्याल रहेका छन् ।
ढालेन्द्रका सालो नाता पर्ने लालबहादुर छन्त्यालका अनुसार तीन जना नदिपुरबाट लेकसाइडतर्फ क्रिसमस ईभ रमाइलो हेर्न भनी हिँडेर जाँदै थिए । बाग्लुङ बसपार्कमा आइपुग्दा अर्का एक युवकले चुरोट सल्काउन भन्दै लाइटर मागे । उनीहरुसँग लाइटर थिएन । त्यसपछि गफ गर्दै जिरोकिमि तर्फ अघि बढे । लालबहादुर र अर्का भिनाजु पर्ने प्रशान्त छन्त्याल १० मिटर जति अघि थिए । ढालेन्द्र र लाइटर माग्ने युवक पछि पछि गफिँदै हिँडिरहेका थिए । त्यसैबेला पछाडिबाट बुलेट ट्रेन जस्तो गतिमा आएको कारले ठक्कर दिएको सीसीक्यामेरा फुटेजमा देखिन्छ ।
सम्बन्धित खबर
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !