नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ ।
अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।
पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । १३८ मिटर अग्लो पुलबाट थापा कसरी एक्कासी खस्न पुगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मान्छे खसेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइसकेको थियो ।
सम्बन्धित खबर
ढोरपाटनका मेयर देवकुमार नेपाली थुनामा पठाइए, ओमबहादुर डेढ लाख धरौटीमा रिहा
बागलुङ बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २८ जना घाइते
नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर बागलुङका २२ वर्षीय युवकको मृत्यु
आफ्नै छात्रालाई म्याथ टिचरको म्यासेज– पिल्स खायौ त?
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !