पोखरा महानगरपालिकाभित्र बाहिरबाट सयपत्री फूलमाला आयातमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले स्थानीय उत्पादन सयपत्री फूलको मूल्य पनि तोकेको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, कृषि सञ्जाल, सयपत्री फूल उत्पादक कृषक र वितरकको संयुक्त बैठकले सयपत्री फूलको दररेट निर्धारण गरिएको जनाएको छ ।
फूलको ग्रेडिङ अनुसार फरक मूल्य निर्धारण गरेको महानगरको आर्थिक विकास महाशाखाले जनाएको छ । ‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ । ‘ए’ ग्रेडको थुंगा १५ देखि २० ग्रामको हुनेछ ।
१० देखि १५ ग्राम तौल भएको थुुंगालाई ‘बि’ ग्रेडमा वर्गीकरण गरिएको छ । प्रति थुंगाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।
५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुंगालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोकिएको मूल्य बढीमा बेचे कारबाही गरिने भएको छ ।
पोखरा महानगरपालिकाले सघाएर १६० किसानले सयपत्री फूलखेती गरेका छन् । ४० बढी नर्सरीले पनि फूलखेती गरेका छन् । पोखरामा झन्डै ३ सय रोपनी क्षेत्रफलमा सयपत्री खेती भएको छ ।
यस पटक तिहारमा पोखराकै फूलमाला उपयोग गरिने भएको हो । गत वर्ष तिहारको दिन १ हजार भन्दा माथि १२ सय, १५ सयसम्ममा तयारी माला किन्नुपर्दा उपभोक्ता मारमा परेका थिए ।
सम्बन्धित खबर
सफल फेमिली मिल्क पोखरा बजारमा
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
पोखरा वडा नं. १५ मा बृहत् सरसफाइ अभियान [तस्वीरहरू]
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
सुजल डेरीको ‘सफल ह्याप्पी गाईको दूध’ बजारमा
पोखरा पर्यटन राजधानी, प्रधानमन्त्री प्रचण्डले गरे रिमोटबाट लोगो अनावरण
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !