फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

अवैध संरचना

फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

Firke
Worldlink

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड भित्र बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको छ।

महानगरले पोखरा महानगरपालिका वडा नं १८ को अँधेरिकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउन सूचना जारी गरेको हो।

महानगरद्वारा जारी सूचनामा भनिएको छ – ‘पोल गाडिएको भन्दा भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।’

उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा सूचनामा उल्लेख गरेको छ।

यसअघि पोखरा महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी खोलाको मापदण्ड तोक्दै अस्थायी रेखाङ्कन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता