ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार

दुर्घटना

ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार

चालक थापा जोगिए

Fewatal-Car

मापसे गरी तीब्र गतिमा चलाएको कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ ।

गएराति ३ बजे लेकसाइडबाट खपौदीतर्फ जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल फेवातालमा खसेको हो ।

पोखरा १६ लामाचौर घर भएका संगम थापाले मादक पदार्थ सेवन गरी सवारी चलाएकै कारण कार तालमा खस्न पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकले जानकारी दिए ।

उक्त कार क्रेनको सहायतमा ताल किनारबाट निकालिएको छ । संयोगवश चालक थापा भने जोगिएका छन् । कार वडा प्रहरी कार्यालय बैदाम परिसरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

यही ठाउँ नजिकै चार वर्ष अघि फागुपूर्णिमाको दिन मध्यान्हको समयमै कार खसेको थियो । खपौदीबाट लेकसाइडतर्फ आइरहेको ग २ च ६९१२ नम्बरको कार खस्दा ४ जना घाइते भएका थिए ।

सम्बन्धित समाचारः

फागू पूर्णिमाको दिन फेवातालमा खस्यो कार

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै

मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]