पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ । राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफैँ व्यहोर्न चाहेको भनी सचिवालयबाट प्रचारबाजी गरेर अहिले पैसा मागेको भन्दै उनको आलोचना भइरहेको छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । यी दुई संगठनले पोखरामा गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् ।
भित्र संसद चलिरहँदा बाहिर अनेरास्ववियु र युवा संघमा आबद्धले चन्दा संकलन गरिरहेका थिए । संसद सकिएर बाहिर निस्किदा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।
अधिकारीले राष्ट्रपतिका लागि भन्दै पाँच रुपैयाँ चन्दापेटिकामा हालिदिएका थिए । उनीपछि एमाले सांसद भीमबहादुर कार्की, प्रकाशबहादुर केसी, लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल, यशोधा रिमाल, पद्मा जिसीलगायतले पनि चन्दा दिए ।
पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी संयोजक आरके पोखरेलले बताए ।
बाग्लुङमा प्रहरी हस्तक्षेप
यसैबीच, बाग्लुङमा भने अनेरास्ववियुकाे कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियु बाग्लुङको टोलीलाई प्रहरीले बाधा उत्पन्न गरी नियन्त्रणमा लिएर गाडीमा लगेको हो । १ रुपैंया संकलन अभियानमा कूल २३६ रुपैंया संकलन गरेको ईञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रोशन कुँवरले जनाएका छन् ।

सम्बन्धित खबर
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामा अमेरिकी नागरिकको मृत्यु
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पोखराको निरमाया दोहोरी साँझको २२ औं वार्षिक उत्सवः सांगीतिक कार्यक्रम गरी मनाइदैं
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा