गण्डकीमा लाइसेन्सको राजस्व अब अनलाइनबाटै

सहज

गण्डकीमा लाइसेन्सको राजस्व अब अनलाइनबाटै

केही हप्ताभित्र अन्य प्रदेशमा पनि

gandaki-licence-online-

पोखरा । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । संघीय यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका भौतिक तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगरले बुधबार भर्चुअल माध्यमबाट गण्डकीमा अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरेका हुन् ।

सात प्रदेशमध्ये गण्डकी प्रदेशबाट यो अभियान सुरु भएको हो । संघीय यातायात मन्त्री ज्वालाले गण्डकी प्रदेशबाट सुरु भएको अनलाइन भुक्तानी केही हप्ताभित्र अन्य प्रदेशमा पनि सुरु हुने बताए ।

भर्चुअल माध्यममा बोल्दै मन्त्री ज्वालाले यातायात कार्यालयमा हुने लामो लाइन हटाउन अनलाइन भुक्तानीले मद्दत मिल्ने बताए । ‘यातायात कार्यालयमा हुने लामो लाइन हटाउन यो व्यवस्थाले चुस्त पार्ने छ,’ मन्त्री ज्वालाले भने ।

कार्यक्रममा गण्डकीका यातायात मन्त्री मगरले यातायात कार्यालयमा अब विचौलिया हटाउने बताए । ‘अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्छन् । यो सेवा विहीबारबाटै गण्डकीमा सुरु हुन्छ,’ मन्त्री जुग्जालीले भने, ‘अनलाइन पेमेन्ट गर्न ईसेवा, खल्ती वालेटमार्फत् गर्न सकिन्छ ।’

मन्त्री मगरले गण्डकीमा अहिले अनलाईन लाइसेन्स फर्म भर्न पनि सहज भएको बताए । ‘प्रदेशलाई आवश्यक पर्ने कोटा पनि उपलब्ध भइरहेको छ । सबैले सहज तरिकाले सेवा पाइरहनु भएको छ । अझै यातयात कार्यालयलाई व्यवस्थित गर्ने गरी काम गर्छौं ।’ यो अनलाइन भुक्तानीपछि लिखित परीक्षा, बायोमेट्रिक र ट्रायलका लागि मात्रै भौतिक रुपमा उपस्थित भए हुनेछ । कार्यालयले सेवा प्रवाह बिहान ८ बजेदेखि नै सुरु गरेको छ ।

उता पोखरामा इनड्राइभ, पठाओजस्ता राइड सेयरिङ दर्ता गरेर चलाउन पाउने नीति लिएपछि गण्डकीमा ट्याक्सी व्यवसायीले विरोध गरेका छन् । टयाक्सी व्यवसायीको पोखरामा सिन्डिकेट कायमै रहेको र भाडा समायोजन गर्दा पनि कार्यान्वयन नभएकालेले राइड शेयरिङलाई अनुमति दिन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै