इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न

इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न

Cwin Prgrm (1)

सिविन नेपालले टीडीएच नेदरल्याण्डसँगको सहकार्यमा पोखरामा मंगलबार इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न ग¥यो । कार्यशालामा सहभागीहरुलाई सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बालबालिकालाई इन्टरनेटको कुलतबाट कसरी जोगाउने सम्बन्धमा सहजीकरण गरे ।

सिविन पोखरा, कार्यक्रम अधिकृत शंकर नेपाली, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेल, जिल्ला प्रहरी कार्यालय कास्की, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, प्रमुख प्रहरी निरीक्षक समीक्षा घिमिरेलगायतले थप सहजीकरण गरे । कार्यशालामा विभिन्न संस्थाका ३३ जना सहभागी थिए ।

यौन कौतूहलताका कारण अपराधमा फस्दै बालबालिका

बालबालिका स्वाभावले नै धेरै उत्सुक र चञ्चले हुन्छन्। उनीहरूमा सधैं नयाँनयाँ कुरा जान्ने धेरै नै कौतूहल हुने गर्छ। कहिलेकाहीँ त्यही जिज्ञासा मेट्ने बहानामा विभिन्न यौन हर्कत गर्न समेत उनीहरू पछि पर्दैनन्। क्षणिक आवेगमा गरिएका सानातिना गल्तीका कारण बालबालिका पछिल्लो समय गम्भीर प्रकृतिका यौनजन्य अपराधको जालोमा फस्न थालेका छन्।

किशोरावस्थामा टेक्नै लागेका बालबालिकाले क्षणिक मनोद्वेगलाई नियन्त्रणमा राख्न नसक्दा सामान्यमात्र होइन, जघन्य अपराधसमेतमा उनीहरूको संलग्नता देखिन थालेको छ। पछिल्ला तीन वर्षमा १८ वर्षमुनिका बालबालिकाको संलग्नता जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग (प्रयास), अप्राकृतिक मैथुन र बाल यौन दुराचारलगायतका गम्भीर प्रकृतिका बालबिज्याइँ (अपराध) मा देशभर नै बढिरहेको छ । सूचना प्रविधिको बढ्दो दुरुपयोगले बालबालिका यौनजन्य तथा अन्य अपराधतर्फ उन्मुख भइरहेको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनी बताउँछन् ।

बालबालिकाले अभिभावकको यौन क्रियाकलापको दृश्य देखेर, इन्टरनेटबाट अश्लील चलचित्र हेरेर, यौन तथा प्रजनन शिक्षाको कमी, साथीसंगीको लहैलहैमा लागेर यौनजन्य अपराधमा सामेल हुने गर्छन्। अभिभावकले आफ्ना बालबालिकाको गतिविधिप्रति सावधानी अपनाउनुपर्नेान उनी जोड दिन्छन् ।

के हो नाबालिग यौन दुर्व्यवहार ?

वयस्क वा नाबालिगभन्दा जेठा व्यक्तिहरूले बच्चालाई प्रयोग गरेर यौन मनोरञ्जन लिने, आफ्ना शरीरका यौनाङ्गहरू बच्चाहरूलाई देखाउने, बच्चाहरूको शरीरमा गलत आशयले छुने चलाउने, बच्चाहरूलाई पोर्नोग्राफी कार्यमा लगाउने आदि कार्यहरू नाबालिग यौन दुर्व्यवहार हो।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा बालबालिकाले बिज्याइँ गरेमा १० वर्षमुनिका बालबालिकाले जुनसुकै अपराध गरे पनि कुनै पनि सजाय नहुने व्यवस्था छ। बालबालिकाको उमेर १० वर्ष वा माथि तर १४ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्मको कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधारगृहमा राख्न सकिने कानुनी व्यवस्था छ। १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा मुनिका बालबालिकाले कुनै अपराध गरे निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरेमा निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुईतिहाइ सजाय हुने व्यवस्था छ। बालबालिकाले कुनै बिज्याइँ (अपराध) गरे बाल सुधारगृहमा राखी आचरण सुधार्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै