स्वादमा तितो तर स्वास्थ्यका लागि निकै फाइदाजनक

स्वादमा तितो तर स्वास्थ्यका लागि निकै फाइदाजनक

bitter-gourd karela

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

बजारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ । करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

करेलाको सेवनबाट हुने फाइदा

१) करेलामा फाइबरको मात्रा पाइने भएकाले यसको सेवनपछि छिटो भोक लाग्दैन ।

२) करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ ।

३) यसमा पानीको मात्रा उच्च भएकाले तरकारीको रुपमा खादाँ फाइदा पुग्दछ ।

४) करेलाले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ ।

५) यसले इन्सुलिनको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।

६) करेलाको सेवनल बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।

७) तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै