रोग प्रतिरोधक क्षमता कसरी बढाउने ?

रोग प्रतिरोधक क्षमता कसरी बढाउने ?

almonds badam kaju

पोषणविद्हरूले तीन प्रकारका भिटामिनले मानिसको इम्युन सिंस्टमलाई बूस्ट गर्न सक्ने र सबै किसिमका रोगबाट बच्न सकिने बताएका छन् ।

भिटामिन सी
भिटामिन सी इम्युन सिस्टमलाई राम्रो राख्ने महत्त्वपूर्ण स्रोत हो । भिटामिन सीका लागि केही कुराहरू आहारामा पार्नु जरूरी छ ।

सुन्तला, मौसम, स्ट्रबेरी, भेडेखुर्सानी, पालुंगो र बुर्काउलीमा भिटामिन सी प्रशस्त पाइन्छ । दिनदिनैको आहारामा यी खानेकुरा अवश्य पार्नुहोला । ड्रागन फ्रुटमा पनि व्यापक मात्रामा भिटामिन सी पाइन्छ ।

भिटामिन बी–६
इम्युन सिस्टमलाई राम्रो बनाउन भिटामिन बी–६ पनि आवश्यक छ । यसका लागि चिकन, अण्डा, माछा आवश्यक हुन्छ । अनि चिसो पानी पनि भिटामिन बी–६ पनि राम्रो स्रोत छ ।

शाकाहारीहरूका लागि सोयाबीन, चना, दूध र आलुमा भिटामिन बी–६ उपलब्ध हुन्छ । हरियो सागपातमा पनि यो भिटामिन हुन्छ ।

भिटामिन ई
शरीरबाट रोगलाई टाढा राख्न पनि भिटामिन ई आवश्यक हुन्छ । त्यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई संक्रमणसँग लड्ने तागत दिन्छ ।

ओखर, बदाम र पालुंगो अनि विभिन्न किसिमका दानाहरूले भिटामिन ई शरीरलाई दिन्छन् । बुर्काउलीमा पनि यो भिटामिन पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै