पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

gandaki-hospital-prasuti

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिला र नवजात शिशु दुवैको मृत्यु भएको छ । सोमबार राती सुत्केरी गराउने क्रममा तनहुँकी २६ वर्षीया शर्मिला कुँवर र उनको नवजात शिशुको मृत्यु भएको हो ।

दमौलीको ब्यास–१२ कमलबारी घरभएकी शर्मिला जेठ २१ गते तोकिएको डलीभेरीका दिन दमौली अस्पताल पुगेकी थिइन । त्यतिबेला अस्पताल पुग्दा चिकित्सक नभएका कारण पोखरा नै लैजानुपर्ने भन्दै एक हप्तापछि लैजान सुझाएको परिवारले बताएको छ ।

एक हप्तापछि श्रीमान कृष्ण दरईले पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । दोस्रो बच्चा जन्माउन लागेकी शर्मिला त्यतिबेलासम्म सकुशल नै रहेको कृष्णले बताए । श्रीमान् कृष्ण गत जेठ १८ मा मात्र कुवेतबाट नेपाल आएका थिए ।

शर्मिलालाई सोमबार बिहान ११ बजे व्यथा लाग्ने औषधी अस्पतालले दिएको थियो । दिउँसो ४ बजेतिर औषधिको दाेस्रो डोज दिएपछि शर्मीलाको स्वास्थ्य अवस्था बिग्रिएकाे परिवारले दाबी गरेको छ । राती करिब ११ बजे उपचारका क्रममा शर्मिलाको मृत्यु भएपछि मृत बच्चा निकालिएको थियो ।

अस्पतालले हेलचक्रयाईका कारण श्रीमति र बच्चाको मृत्य भएको श्रीमान् कृष्णले आरोप लगाए । तर, पश्चिमाञ्चल क्षेत्रय अस्पतालका प्रमुख डा. भरत खत्रीले उपचारको क्रममा अवस्था बिग्रीएका कारण बिरामीकोे मृत्यु भएको बताए । उनले बिरामीको अवस्था नै जटिल रहेकाले मृत्यु भएको बताउँदै अस्पतालले कुनै लापरवाही नगरेको दावी गरे ।

अस्पतालमै कार्यरत स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र अधिकारीले शर्मिलालाई एम्युनिटिक फ्ल्युड इम्बोलिजम अर्थात् बच्चा बस्ने पानी पाठेघरको नशाबाट फोक्सोमा पुगेका कारण मृत्युको बताए । डा. अधिकारीले अस्पतालमा लापरवाही नभएको र सुत्केरी गराउने क्रममा यस्तो जोखिम हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै