पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिला र नवजात शिशु दुवैको मृत्यु भएको छ । सोमबार राती सुत्केरी गराउने क्रममा तनहुँकी २६ वर्षीया शर्मिला कुँवर र उनको नवजात शिशुको मृत्यु भएको हो ।
दमौलीको ब्यास–१२ कमलबारी घरभएकी शर्मिला जेठ २१ गते तोकिएको डलीभेरीका दिन दमौली अस्पताल पुगेकी थिइन । त्यतिबेला अस्पताल पुग्दा चिकित्सक नभएका कारण पोखरा नै लैजानुपर्ने भन्दै एक हप्तापछि लैजान सुझाएको परिवारले बताएको छ ।
एक हप्तापछि श्रीमान कृष्ण दरईले पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । दोस्रो बच्चा जन्माउन लागेकी शर्मिला त्यतिबेलासम्म सकुशल नै रहेको कृष्णले बताए । श्रीमान् कृष्ण गत जेठ १८ मा मात्र कुवेतबाट नेपाल आएका थिए ।
शर्मिलालाई सोमबार बिहान ११ बजे व्यथा लाग्ने औषधी अस्पतालले दिएको थियो । दिउँसो ४ बजेतिर औषधिको दाेस्रो डोज दिएपछि शर्मीलाको स्वास्थ्य अवस्था बिग्रिएकाे परिवारले दाबी गरेको छ । राती करिब ११ बजे उपचारका क्रममा शर्मिलाको मृत्यु भएपछि मृत बच्चा निकालिएको थियो ।
अस्पतालले हेलचक्रयाईका कारण श्रीमति र बच्चाको मृत्य भएको श्रीमान् कृष्णले आरोप लगाए । तर, पश्चिमाञ्चल क्षेत्रय अस्पतालका प्रमुख डा. भरत खत्रीले उपचारको क्रममा अवस्था बिग्रीएका कारण बिरामीकोे मृत्यु भएको बताए । उनले बिरामीको अवस्था नै जटिल रहेकाले मृत्यु भएको बताउँदै अस्पतालले कुनै लापरवाही नगरेको दावी गरे ।
अस्पतालमै कार्यरत स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र अधिकारीले शर्मिलालाई एम्युनिटिक फ्ल्युड इम्बोलिजम अर्थात् बच्चा बस्ने पानी पाठेघरको नशाबाट फोक्सोमा पुगेका कारण मृत्युको बताए । डा. अधिकारीले अस्पतालमा लापरवाही नभएको र सुत्केरी गराउने क्रममा यस्तो जोखिम हुने बताए ।
सम्बन्धित खबर
जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
गृहमन्त्री सुदनले दिए राजिनामा
चौंथो ‘गाउँ पर्यटन मेला’ बन्दिपुरमा हुने
पोखरामा शनिबारदेखि पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि, नरेश बने सर्वाेत्कृष्ट
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा