पोखराको बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं -१६ बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर पोखरा -८ निवासी १० वर्षीय एनेक्स थापाको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले गण्डक न्युजलाई जानकारी दिए।
विकका अनुसार शनिबार साँझ अन्दाजी ६ :१५ बजेको समयमा स्विमिङ्ग पुलमा बालक डुबेको भन्ने जानकारी पश्चात वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोली सहित स्थानीयले तत्काल उद्दार गरी स्थानीय दीप अस्पताल लगेपनि बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रवक्ता विकका अनुसार हाल स्विमिङ्ग पुल संचालक विरुद्ध जाहेरी परिसकेको छ भने, घटनाका विषयमा अनुसन्धान शुरू गरिएको उनले बताए ।
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !