सयाैँ लायन्सलाई ‘मनिपाल अस्पताल’ काे निःशुल्क सेवा

सयाैँ लायन्सलाई ‘मनिपाल अस्पताल’ काे निःशुल्क सेवा

manipal health

पोखराको मनिपाल अस्पतालले सेवामूलक कार्यमा पनि आफूलाई सहभागी गराउँदै आएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था एवं बालबालिका संलग्न कार्यक्रमहरु निःशुल्क हेस्थ डेस्क सञ्चालन गर्ने गरेको छ ।

यसैक्रममा, शनिबार देशभरका लायन्स ओइरिएको कार्यक्रममा मनिपाल अस्पतालले हेल्थ डेस्क खडा गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान ग¥यो । घान्द्रुकमा आयोजित लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठकमा सयौं लायन मेम्बरहरुको सहभागिता थियो ।

होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडसँग समन्वय गर्दै मनिपालले कार्यक्रम स्थल बाहिर हेल्थ डेस्क राखेर प्रथामिक उपचार सेवा उपलब्ध गराएको हो ।

देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको हेल्थ कोओर्डिनेटर लायन खिम लामिछानेले जानकारी दिए ।

प्राथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराए वापत मनिपाल शिक्षण अस्पताललाई आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

सम्बन्धित समाचारः

घान्द्रुकमा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक सम्पन्न [तस्वीरहरू]

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै