भारतीय लिगमा साम्बाले तोडिन् बालादेवीको कीर्तिमान

भारतीय लिगमा साम्बाले तोडिन् बालादेवीको कीर्तिमान

samba-sabitra-bhandari

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिगमा नयाँ कीर्तिमान कायम गरेकी छिन्।

साम्बाले भारतीय खेलाडी बालादेवीलाई पछि पार्दै आइ लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएकी छिन्।

‘मेरो टिमका साथीहरू र प्रशिक्षकले गरेको विश्वासका कारण नै यो सम्भव भएको हो। मेरो ठाउँमा अर्को पनि विदेशी फरवार्ड छ,’ भारतीय लिगमा नयाँ कीर्तिमान कायम गरेपछि साम्बाले भनिन्, ‘तर मलाई धेरै विश्वास गर्नुभएको छ। जुन विश्वासमा म कडा रुपमा उत्रनुछ।’

उनले थपिन्, छमलाई चोटको समयमा नै गोकुलमले अनुबन्ध गरेको थियो, जतिबेला मैले घरेलु लिगमा नै पुनरागमन गरेको थिइन, मेरो पुनरागमन कस्तो हुन्छ म आफैँ अन्यौलमा हुँदा नै गोकुलमले विश्वास गरेर अनुबन्ध गर्यो।’

भारतीय लिगमा तेस्रो सिजन खेलिरहेकी साम्बाले पहिलाको संस्करणभन्दा यो पटक आफ्नो लागि अलिक सहज भएको अनुभव सुनाएकी छिन्।

उनले थपिन्, ‘आइ लिगमा जुन कीर्तिमान मैले कायम गर्न सकेको छु, यो सबै म प्रतिको विश्वासका कारण नै हो। यो जित र खुसी पनि मलाई माया गर्ने सबैलाई समपर्ण गर्न चाहन्छु।’

साम्बा सम्मिलिग गोकुलम केरला एफसीले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा मुम्बइ किंग्स एफसीलाई ११–१ को फराकिलो अन्तरले पाखा लगायो।

जुन खेलमा साम्बा एक्लैले सात गोल गरेकी थिइन्। यो गोलसँगै साम्बाले भारतीय महिला लिगमा गोल गर्दै बालादेवीलाई पछि पारेकी छिन्। तेस्रो सिजन आइ लिग खेलिरहेकी साम्बाले आइ लिगमा अहिलेसम्म ४२ गोल गरिसकेकी छिन्।

साम्बा यसअघि सन् २०१९–२० मा गोकुलमलाई लिग च्याम्पियन बनाउँदा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। त्यो समयमा उनले १६ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन्।

लिगमा भारतीय खेलाडी बाला देवीको कीर्तिमान तोड्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। बालादेवीले आइ लिगमा ३८ गोल गरेकी छिन्।

समूह चरणको अन्तिम खेलअघि लिगमा ३५ गोल गरेकी साम्बाले मुम्बइ किग्ससँगको खेलको पहिलो हाफमा ४ गोल गर्दै बालादेवीको किर्तिमान तोडेकी थिईन्। जारी लिगमा साम्बाले २६ गोल गरिसकेकी छिन्।

बालादेवीले २०१७–१८ क्रिष्पा एफसीका लागि १२ गोल गर्दै सवार्धिक गोलकर्ता बनेकी थिइन्। २०१८–१९ मा मनिपुर पुलिसका लागि १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। जुन कीर्तिमान साम्बाले दुई सिजनमा नै तोडिन्।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै