गण्डकी प्रदेशकाे ७ सदस्यीय क्याबिनेटले पूर्णता पायाे, थप ४ मन्त्रीले लिए सपथ

गण्डकी प्रदेशकाे ७ सदस्यीय क्याबिनेटले पूर्णता पायाे, थप ४ मन्त्रीले लिए सपथ

Gandaki Cabinet

गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनेहरूमा नेपाली कांग्रेसबाट महेन्द्रध्वज जीसी, जितप्रकाश आले र दिपेन्द्रबहादुर थापा र माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली रहेका छन् । समाजवादीका राजीव गुरुङको नाम अन्तिममा हटाएर जितप्रकाश आलेको नाम सिफारिस गरिएकाे थियाे । काँग्रेसबाट ५ र माओवादीबाट २ जना मन्त्री भएका छन् ।

जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरूलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका थिए ।

यसअघि, केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भने पनि उनलाई अन्तिममा मन्त्री बनाइएन । गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मनाङेलाई मन्त्री बनाउने पक्षमा थिएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै