गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ ।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनेहरूमा नेपाली कांग्रेसबाट महेन्द्रध्वज जीसी, जितप्रकाश आले र दिपेन्द्रबहादुर थापा र माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली रहेका छन् । समाजवादीका राजीव गुरुङको नाम अन्तिममा हटाएर जितप्रकाश आलेको नाम सिफारिस गरिएकाे थियाे । काँग्रेसबाट ५ र माओवादीबाट २ जना मन्त्री भएका छन् ।
जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरूलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका थिए ।
यसअघि, केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भने पनि उनलाई अन्तिममा मन्त्री बनाइएन । गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मनाङेलाई मन्त्री बनाउने पक्षमा थिएनन् ।
सम्बन्धित खबर
विमानस्थलदेखि नि:शुल्क विद्युतीय बस सेवा दिँदै पोखरा महानगर
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि, नरेश बने सर्वाेत्कृष्ट
पोखरामा ‘गण्डकी नेपकन–२०२६’ सम्पन्न
पोखरामा सुरु भयो नव वर्ष महोत्सव
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा