पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव राख्ने भएका छन् ।
शनिबार डाकिएको प्रदेश सभामा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन चैत १० गते फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेका थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।
‘संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु,’ पत्रमा भनिएको छ ।
सम्बन्धित खबर
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पोखरामा ‘बखतबहादुर स्मृति ३५ प्लस फुटसल’ सुरु, उद्घाटन खेलमा गण्डकी स्पोर्टस् विजयी
लोमन्थाङ–५ का वडाध्यक्ष विष्टको निधन
वैशाख मसान्तमा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड’: ९ विधामा अवार्ड प्रदान गरिने
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा