पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव राख्ने भएका छन् ।
शनिबार डाकिएको प्रदेश सभामा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन चैत १० गते फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेका थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।
‘संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु,’ पत्रमा भनिएको छ ।
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !