पोखराको जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत पुस १६ गते सिक्री चोरी गरी फरार महिलालाई प्रहरीले पक्राउ गर्न सकेन । ४ दिन हुँदासम्म चोरिएको सिक्री नपाएपछि सञ्चालक केशव घतानेलाई महिला पक्राउ गरी प्रहरीले सुन फिर्ता गर्छ भन्ने आश मरिसकेको थियो ।
यही सूचना प्राप्त गरेपछि गण्डकी न्यूजले सञ्चालक केशवलाई सोमबार साँझ सम्पर्क गर्याे । केशवले घटनाबारे बेलिविस्तार लगाए । कास्की प्रहरीलाई घटनाबारे सोध्दा अनविज्ञ पाइयो । कास्की प्रहरीको कन्ट्रोलमा समेत जानकारी नगराइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई बताए । त्यसपछि जिरोकिमि क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका डिएसपी चिनिमाया तामाङलाई सम्पर्क गर्दा उनले निवेदन आएको स्विकार गरिन् । प्रहरीले ट्याक्सी पत्ता लगाई महिला ओरालेको ठाउँमा पुगी सर्च गरेको समेत बताईन् । त्यसपछि प्रहरीले ४ दिन सर्च गरिरहेको भनिरह्यो तर युवती पक्रन सकेको थिएन ।
गण्डकी न्यूजमा सोमबार नै समाचार प्रकाशित भएपछि मंगलबार दिउँसो ‘समाचार डिलिट गरिदिनुस्, म सिक्री दिन्छु’ भन्दै सम्पर्कमा आएकी छन् । ति युवतीले भनेकी छन् ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन ।’
सिसीटिभी फुटेजमा ३५ वर्ष माथिको महिला जस्ताे देखिएपनि उनी २१ वर्षीया युवती हुन् । ब्याचलर फर्स्ट ईयर अध्ययनरत बताउने उनले आफू पाल्पाको भनेकी छिन् । ‘पाल्पाबाट बोलेको हुँ बैंक खाता पठाउनू’ भन्दै फोन गरेकी उनी पोखराको लेकसाइडमै भेटिएकी छन् ।
वडा प्रहरी कार्यालय बैदाम कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले युवतीलाई लेकसाइडबाट आज पक्राउ गरेको बताइन् । तर, युवती आफै समाचार डिलिट गरिदिनुस् भन्दै सम्पर्कमा आएकी हुन् । यसपछि मात्र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो । डिएसपी तामाङले बाँकी सबै ‘प्रवक्ता साब’ बाट बुझ्न भन्दै पन्छिइन् ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले सम्बन्धित पसल सञ्चालकबाट जाहेरी नपरेको र युवती बैदाम हिरासतमा रहेको बताए । उनले अहिले परिचय खुलाउन नमिल्ने भन्दै घटनाबारे थप जानकारी दिएनन् ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !