रक्त क्यान्सरबाट पीडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटाको सहयोगका लागि अपिल भएपछि दुई दिनमै दुई लाख बढी सहयोग संकलन भएको छ । उक्त रकम बेगनास युथ क्लबका निवर्तमान अध्यक्ष राम रानाभाटको अगुवाईमा संकलन भएको हो । दीप्ति सापकोटा बचाऔं अभियान चलाउने औपचारिक निर्णय गरेर सहयोग संकलन अभियान सुरु गरिएको हो ।
गण्डक न्यूज डटकमले मंगलबार दीप्ति सापकोटाको उपचारका लागि सहयोगको अपिल भन्दै समाचार र भिडियो पनि सार्वजनिक गरेको थियो । बालिकाको उपचारमा संलग्न डा. रामचन्द्र बास्तोलाले पनि मिडियासँग सहजीकरण र सहयोग संकलनका लागि चासो लिएका थिए । अभियन्ता राम रानाभाटको पहलमा संकलित २ लाख १ हजार ६० रुपैंया शुक्रबार बालिकाका अभिभावकलाई प्रदान गरिएको छ ।
संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला मार्फत बालिकाकी आमा कोपिला रानाभाट सापकोटालाई हस्तान्तरण गरिएको हो ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको सहयोग संकलन नेतृत्वकर्ता रानाभाटले बताए । सहयोगदाताको नाम र तस्वीर रानाभाटले फेसबुकमा शेयर समेत गरिरहेका छन् । बुधबार र विहीबार संकलित रकम २ लाख बुझेपछि दीप्तिलाई गण्डकी हस्पिटलबाट डिस्चार्ज गरिएको छ । अब उनको उपचार काठमाण्डौमा हुनेछ ।
कम्तिमा ६ लाख आर्थिक जोहो गर्न सुझाएपछि अझै उनको सहयोग संकलन जारी छ । हाललाई दीप्तिको थप उपचार कान्ति बाल हस्पिटलमा हुनेछ । रानाभाटले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहजहोस् भन्ने उदेश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए ।
सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामासमेत रकम जम्मा गर्न सकिने बताए ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. वास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रिय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निःशुल्क उपचार र कुुरुवालाई समेत निःशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क पनि डा. बास्तोलाले नै गरेका छन् । रकम हस्तान्तरण गर्दै डा. वास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिए । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभाट सहित मिडियालाई धन्यवाद समेत दिए । उनले भने— वास्तवमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।
अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वासन दिएको बताए । पीडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिँदै यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन् ।

सम्बन्धित समाचारः
बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा