पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो फेवाताल । जो पोखरा आउँछन्, उनीहरु फेवाताल नपुगी फर्किएको सायदै होलान् । बिहानपख धार्मिक पर्यटकको घुईँचो लाग्ने फेवातालमा साँझपख झनै बढी भीड लाग्छ । फेवाताल फुट ट्रयाकमा इभिनिङ वाक् होस् या प्रेमिल जोडीहरुको डेटिङ स्पट वा बाराही घाटमा तालबाराही माताको आरती । फेवाताल किनारमा पुगेकाहरु शनिबार साँझपख अचम्मित बने ।
उनीहरु किनारमा बसेर हेरिरहे, फेवातालको पानी त निकै पर पर पुग्दैछ । फेवातालको पानी क्रमशः घट्दैछ । तालको पानी प्राकृतिक रूपमै सुकेको भने होइन । ड्यामसाइडमा रहेको फेवाताल बाँधका ४ वटै ढोका खोलेर पानी बाहिर पठाइएको थियो । फेवातालकै पानी जाने पातले छाँगो भने हेर्न लायक बनेको छोरेपाटन पुग्नेहरुले बताएका छन् ।
शुक्रबार दिउँसोदेखि नै बाँधको ढोका खोलिएको छ । फेवातालको पानी बगेर धेरै नै घटिसकेको छ । यसरी फेवातालको पानी सुकाउन बाँध खोल्नुको कारण भने बाँधको मर्मत हो । २०३५ सालदेखि बाँधको मर्मत भएको थिएन । अहिले २ करोड रुपैंया बाँध र नहर मर्मत सम्भारका लागि सरकारले छुट्याएकाले सोहि बजेटबाट काम थालिएको हो । आइतबार पनि पानी घट्नेछ । बाँध बनिसकेपछि पुनः पानी भरिनेछ । बाँध मर्मतसम्भार २ महिनाभित्र गरिसक्ने समयसीमा तोकिएको छ ।



तस्वीरः ‘रुटिन अफ पोखरा’ फेसबुक पेजबाट
सम्बन्धित खबर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाल्पा पुगेर सकियाे ‘जाउँ है पोखरा अभियान’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा