पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो फेवाताल । जो पोखरा आउँछन्, उनीहरु फेवाताल नपुगी फर्किएको सायदै होलान् । बिहानपख धार्मिक पर्यटकको घुईँचो लाग्ने फेवातालमा साँझपख झनै बढी भीड लाग्छ । फेवाताल फुट ट्रयाकमा इभिनिङ वाक् होस् या प्रेमिल जोडीहरुको डेटिङ स्पट वा बाराही घाटमा तालबाराही माताको आरती । फेवाताल किनारमा पुगेकाहरु शनिबार साँझपख अचम्मित बने ।
उनीहरु किनारमा बसेर हेरिरहे, फेवातालको पानी त निकै पर पर पुग्दैछ । फेवातालको पानी क्रमशः घट्दैछ । तालको पानी प्राकृतिक रूपमै सुकेको भने होइन । ड्यामसाइडमा रहेको फेवाताल बाँधका ४ वटै ढोका खोलेर पानी बाहिर पठाइएको थियो । फेवातालकै पानी जाने पातले छाँगो भने हेर्न लायक बनेको छोरेपाटन पुग्नेहरुले बताएका छन् ।
शुक्रबार दिउँसोदेखि नै बाँधको ढोका खोलिएको छ । फेवातालको पानी बगेर धेरै नै घटिसकेको छ । यसरी फेवातालको पानी सुकाउन बाँध खोल्नुको कारण भने बाँधको मर्मत हो । २०३५ सालदेखि बाँधको मर्मत भएको थिएन । अहिले २ करोड रुपैंया बाँध र नहर मर्मत सम्भारका लागि सरकारले छुट्याएकाले सोहि बजेटबाट काम थालिएको हो । आइतबार पनि पानी घट्नेछ । बाँध बनिसकेपछि पुनः पानी भरिनेछ । बाँध मर्मतसम्भार २ महिनाभित्र गरिसक्ने समयसीमा तोकिएको छ ।
तस्वीरः ‘रुटिन अफ पोखरा’ फेसबुक पेजबाट
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !