युट्युबको पार्टनर प्रोग्राम नेपाललाई पनि उपलब्ध, अब मनिटाइज गर्दा अरु देश राख्न पर्दैन

युट्युबको पार्टनर प्रोग्राम नेपाललाई पनि उपलब्ध, अब मनिटाइज गर्दा अरु देश राख्न पर्दैन

youtube-monetise

युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ ।युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।

भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो ।

सूचीमा नेपालको प्रवेशसँग अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन् । युट्युबको पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन् । एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ ।

सन्दर्भ सामाग्रीः टेकपाना

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै