पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर धादिङका सुरज नगरकोटीको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ घर भएका २२ वर्षीय सुरजको सोमबार दिउँसो फेवातालमा डुबेर मृत्यु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १८, खपौदी स्थित फेवातालमा पौडी खेल्न ३ जना साथीसहित तालमा पसेका सुरज बाहिर निस्कन सकेनन् । उनी डुबेपछि सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेनाको टोली र बैदामसहितको नेपाल प्रहरीको टोली उद्धारमा जुटेका थिए । तर, उनलाई जिवितै निकाल्न सकिएन ।
विगत ५ वर्षदेखि पोखरा रंगशालामा काम गर्दै आएका सुरजले पछिल्लो वर्ष मात्र बिहे गरेका थिए । उनको घरमा सानी छोरी मात्र रहेको भन्दै उनका साथी गोविन्द नेपाली घटनास्थलमै भक्कानिए ।
https://youtu.be/8sL4k_5YMGs
सम्बन्धित खबर
धादिङको खाल्टेमा ट्रक दुर्घटनाः दुईको मृत्यु, घाइते ६ जनालाई हेलिकप्टरमा काठमाडौं लगियो
कास्कीको भदौरे देउरालीमा जीप दुर्घटना, पोखराका २ जनाको मृत्यु (घाइतेको नामावली)
घुम्ती काट्न नसकेर दुई बल्ड्याङ पल्टेपछि सडकमै ठडियो बस
पोखराको पर्स्याङमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते
पोखरामा हाते ट्रयाक्टरले लियो ज्यान, अरबबाट फर्केका बिक दुबई उड्दै थिए
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !