जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए ।
बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो ।
बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल र आसपासका क्षेत्रमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
धनुषामा अपहरित १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ
पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा