पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ ।
उक्त अपरेसनबाट १० घण्टामा १ सय २२ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सञ्चालन गरेको थियो ।
सोही क्रममासमाजमा अशान्ति फैलाउने, टोल गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
यस अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट १०० जना प्रहरी परिचालन गरिएको थियो ।प्रहरीले पोखरा महानगरका वडा नम्बर १, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङ क्षेत्रबाट ९ जना पक्राउ परे ।
यस्तै, वडा नम्बर ६ को लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ८ का बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन् । वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन् ।
वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन् । पोखरा–२७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन् ।
पोखरा बाहिर माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्की प्रहरीको ‘स्वीप अपरेसन’: ड्रग्स युजरसँगै गुण्डागर्दी गर्ने १ सय २२ पक्राउ
पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश
पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा