प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्ति हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए ।
उनले कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसङ्घको सङ्कल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए ।
पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिए ।
समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत युवा विद्यार्थीले समृद्धिबारे आफ्नो बुझाइ प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
विमानस्थलदेखि नि:शुल्क विद्युतीय बस सेवा दिँदै पोखरा महानगर
पर्यटक भित्राउने लक्ष्यसहित २१ औं फेवा नव वर्ष महोत्सव सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
नेपालमा पहिलो पटक लिंग परिवर्तन, परलैंगिक व्यक्तिलाई महिला बनाइयो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !