पर्यटकीय राजधानी घोषणासगैँ पोखरा चौबिसै घण्टा खुल्ला

खुल्ला पोखरा

पर्यटकीय राजधानी घोषणासगैँ पोखरा चौबिसै घण्टा खुल्ला

मूख्य पर्यटकीय केन्द्रबाट सुरू गरी सिंगो पोखरा खुल्ला गर्ने तयारी

Lakeside Area Pokhara
Worldlink

पोखरालाई भोलि (आइतबार) पर्यटनको राजधानी घोषणा गरिँदैछ । यससंगै पोखरा चौबिसै घण्टा खुल्ला रहने सन्देश पनि दिइँदैछ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार बिहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा चौबिसै घण्टा खुल्ला गर्ने निर्णय गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार निश्चित मापदण्ड पूरा गरेका मुख्य सहरी क्षेत्रलाई अहिले खुल्ला गरिने र त्यसपछि सिंगो पोखरालाई नै २४ सै घण्टा खुला गर्दैजाने निर्णय भएको छ ।

सुरुमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुल्ला राख्ने निर्णय भएको छ । खुल्ला हुने क्षेत्रका व्यवसायी मापदण्ड भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।

पर्यटकीय राजधानी घोषणा कार्यक्रमसंगै मापदण्ड सार्वजनिक गरिनेछ । मापदण्ड पूरा गरेका व्यवसायिक फर्म २४ घण्टा सञ्चालन गर्दा चहिने बाह्य सम्पूर्ण सुरक्षा प्रबन्ध प्रशासनले नै गर्ने उनले बताए ।

पोखरा २४ सै घण्टा उज्यालो र खुल्ला रहेको सन्देशले सिंगो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने विश्वास पर्यटन तथा होटल व्यवसायीको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता