पोखरा महानगरपालिका वडा नं. २२ मा नगरबस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।
पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार थिए ।
दुर्घटनामा परेको नगरबसमा सवार सबै यात्रुको नाम ठेगाना खुलेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् ।
घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काठमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१ का ३५ वर्षिय बुद्धिराज सुवेदी र पोखरा १७ का ५७ वर्षिय उत्तमबहादुर गुरूङ छन् ।
यस्तै, मध्यम घाइते हुने चार जनामा पोखरा १७ कि ३१ बर्षकी अनिता थापा, पोखरा १५ कि १६ वर्षीया विनिता न्यौपाने, काठमाण्डुकी २८ बर्षीया विनिता पराजुली र पोखरा १७ कि ६१ वर्षीया राधिका थापा रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकका अनुसार छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।
घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत् अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
फेरिँदै ‘रूपाको रूप’
थातथलो खोज्दै युकेदेखि नेपालसम्म: ‘क्होला सोँप्री ट्हो’ को यात्रामा प्हे ल्हु संघ बेलायतको टोली
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
आलु महोत्सव जारी, समिक्षाले झुमाइन् दर्शक
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि, नरेश बने सर्वाेत्कृष्ट
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा