पोखरा। लेखनाथ नगरपालिका पुनर्स्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो ।
पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै आफूहरुले अभियान सुरु गरेको एक अभियन्ता पत्रकार सन्दीप पौडेलले बताए ।
विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैँ पछि पारेकोले आफूहरु साविकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटक पटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।
लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् । लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानमा १ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य छ । पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन भएको अर्का अभियन्ता पत्रकार सुरेशराज अधिकारीले जानकारी दिए । हस्ताक्षर संकलन अभियान प्रत्येक शनिबार विभिन्न चोकचोकमा हुनेछ ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् । उनले महानगर भइसकेपछि जुनरुपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरमहरुमा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।

विगतमा भरतपोखरी सिंगो गाविस थियो । वडा ३३ मा अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो । यो वडा क्षेत्रफल हिसाबले पनि ठूलो छ । पोखराको न्युरोड र भरतपोखरी समान आँखाले हेरिनुपर्ने अभियन्ताको माग छ । साथै, लेखनाथ क्षेत्रको छिमेकी रुपा गाउँपालिकाले बर्सेनि ठूलो परिमाणको बजेट पेस गर्दा लेखनाथलाई पोखरा महानगरले ओझेल पारेकोले टुक्रिनुपर्ने लेखनाथवासीको माग छ ।
१८ वटा वडा रहेको लेखनाथ नगरपालिका पोखरा महानगरमा गाभिँदा हाल पोखराका ८ वटा वडा (वडा २६ देखि ३३) त्यसअन्तर्गत पर्दछन् । २०५८ सालमा स्थापना भएको लेखनाथ नगरपालिकाका पहिलो नगर प्रमुख शालिकराम पौडेल हुन् । देशकै सबैभन्दा ठूलो क्षेत्रफल रहेको पोखरा महानगर ४६४.२४ वर्ग किमीमा फैलिएको छ । यहाँ हाल ३३ वटा वडा छन् । लेखनाथ पोखरामा गाभिएर ‘पोखरा लेखनाथ महानगरपालिका’ बनेसँगै २७ फागुन, २०७३ मा ‘पोखरा महानगर’ घोषणा गरिएको थियो । साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरेतामागी (वडा ३,९), कास्कीकोट, माझठाना (वडा १,४,९), कालिका (वडा १,५) र पुनन्चौर गाविस समेटेर पोखरा महानगर बनेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ मा गाउँपालिका तथा नगरपालिकाको संख्या, सीमाना तथा केन्द्रसम्बन्धी व्यवस्था छ ।
सम्बन्धित खबर
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामा अमेरिकी नागरिकको मृत्यु
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पोखराको निरमाया दोहोरी साँझको २२ औं वार्षिक उत्सवः सांगीतिक कार्यक्रम गरी मनाइदैं
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा