‘कोरोना कहर’

‘कोरोना कहर’

gawali
Worldlink

जिउने मर्ने भरै छैन हुँदा कोरोनाको कहर
पिर सुर्तामै चलिराछन मनुजका हरेक प्रहर।

सुख सयल भोग्न भनी गाउँ भुल्नेहरु पनि
दिन काट्दैछन रोदनमा नपाउदा छोड्न शहर।

धनी गरिब साना ठुला सबलाई दुई छाक हुँदा प्यारो
घर कोठाकै बास भाछ जिउने एउटै लिइ रहर।

के रैछ नि धन पैसा बाच्नलाई अन्नै चाहिदा
बाझो भाको खेत बारीमा खन्ने रोप्ने आछ लहर।

संगै हास्ने रम्ने बाच्ने गुमेपछि भाग्य आज
नियती यो प्रकृतिको भाछ सबलाइ एकै जहर।

शिशिर ज्ञवाली

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता