पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकबाट २९ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–२७ रिठ्ठेपानी बस्ने भरत घिसिङ रहेका छन् । उनको साथबाट प्रहरीले ३ सय ४५ एम्पुल लागुऔषध बरामद गरेको छ ।
रिठ्ठेपानी क्षेत्रमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिसुवा र लागुऔषध नियन्त्रण ब्यूरोको टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ग ७ प ७२४१ नम्बरको मोटरसाइकलमा सवार घिसिङको साथबाट लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला पारेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बस्नेतले जानकारी दिए ।
उनका अनुसार घिसिङको साथबाट डाइजेपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नुर्फिन ११५ एम्पुल बरामद गरिएको छ ।
यस्तै नगद रु १ हजार, मोबाइल १ थान र ग ७ प ७२४१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको डिएसपी बस्नेतले बताए ।
बस्नेतका अनुसार पक्राउ परेका घिसिङलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
सम्बन्धित खबर
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ
पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
झ्याल बनाउने निहुँमा घरमा पस्दै सुनका गहना चोरी गर्ने दुई पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा