पोखरामा हाते ट्रयाक्टरले लियो ज्यान, अरबबाट फर्केका बिक दुबई उड्दै थिए

शाेक

पोखरामा हाते ट्रयाक्टरले लियो ज्यान, अरबबाट फर्केका बिक दुबई उड्दै थिए

परिवारका लागि सहयोग संकलन सुरु

Tek Bahadur BK

पोखरा वडा नं. २४, कास्कीकोट लौरुक निवासी बिक परिवारमा तिहारकै बेला ठूलो बज्रपात पर्यो । हाते ट्याक्टरले गोडा छेड्दा रक्तश्रावका कारण टेकबहादुर बिकको ज्यान गयो ।

कार्तिक २४ गते दिउँसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै बायाँ गोडा छेड्न पुगेको पूर्व जनप्रतिनिधि धनबहादुर नेपालीले जनाएका छन् ।

हाते ट्य्राक्टर बायाँ गोडामा ३ वटा घाउ बनाउँदै तिघ्राबाट छेडिँदा अत्यधिक रक्तश्राव भएको र अचेत अवस्थामा अस्पताल लगिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल लगी उपचार जारी थियो । तर, कार्तिक २८ गते साँझ ६ बजे उनको निधन भयो ।

बिकको शरीरको रगत सञ्चालनमा समस्या देखिएपछि डाक्टरहरुले अपरेशन गर्नु पर्ने सल्लाह दिएका थिए। डाक्टरहरुको सल्लह बमोजिम देब्रे गोडाको घुँडाभन्दा तल्लो भाग काटेर उपचार हुँदै आएकोमा अचानक मृत्यु भएको परिवारले जनाएको छ ।

बिकका श्रीमति १९ वर्षका छोरा, ५ वर्षकी छोरी र २ वर्षे छोरा रहेका छन् । चाडबाड मान्न फर्केका बिक चाडबाडकै दिन अस्ताउँदा परिवारमा सहिनसक्नूको पीडा छ । परिवार सबै विक्षिप्त छन् ।

टेकबहादुर साउदी अरबमा काम गर्दै आएका थिए । उनी अब दुबई जाने तयारीमा थिए । त्यसको लागि सबै तयारी भइसकेको थियो ।

बिक परिवारको सहयोगार्थ रकम संकलन पनि सुरु भएको छ । सहयोगी मनहरुले धनबहादुर नेपालीलाई ९८४६०८७९२६ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै