पोखरा वडा नं. २४, कास्कीकोट लौरुक निवासी बिक परिवारमा तिहारकै बेला ठूलो बज्रपात पर्यो । हाते ट्याक्टरले गोडा छेड्दा रक्तश्रावका कारण टेकबहादुर बिकको ज्यान गयो ।
कार्तिक २४ गते दिउँसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै बायाँ गोडा छेड्न पुगेको पूर्व जनप्रतिनिधि धनबहादुर नेपालीले जनाएका छन् ।
हाते ट्य्राक्टर बायाँ गोडामा ३ वटा घाउ बनाउँदै तिघ्राबाट छेडिँदा अत्यधिक रक्तश्राव भएको र अचेत अवस्थामा अस्पताल लगिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल लगी उपचार जारी थियो । तर, कार्तिक २८ गते साँझ ६ बजे उनको निधन भयो ।
बिकको शरीरको रगत सञ्चालनमा समस्या देखिएपछि डाक्टरहरुले अपरेशन गर्नु पर्ने सल्लाह दिएका थिए। डाक्टरहरुको सल्लह बमोजिम देब्रे गोडाको घुँडाभन्दा तल्लो भाग काटेर उपचार हुँदै आएकोमा अचानक मृत्यु भएको परिवारले जनाएको छ ।
बिकका श्रीमति १९ वर्षका छोरा, ५ वर्षकी छोरी र २ वर्षे छोरा रहेका छन् । चाडबाड मान्न फर्केका बिक चाडबाडकै दिन अस्ताउँदा परिवारमा सहिनसक्नूको पीडा छ । परिवार सबै विक्षिप्त छन् ।
टेकबहादुर साउदी अरबमा काम गर्दै आएका थिए । उनी अब दुबई जाने तयारीमा थिए । त्यसको लागि सबै तयारी भइसकेको थियो ।
बिक परिवारको सहयोगार्थ रकम संकलन पनि सुरु भएको छ । सहयोगी मनहरुले धनबहादुर नेपालीलाई ९८४६०८७९२६ मा सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित खबर
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामा अमेरिकी नागरिकको मृत्यु
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पोखराको निरमाया दोहोरी साँझको २२ औं वार्षिक उत्सवः सांगीतिक कार्यक्रम गरी मनाइदैं
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा