पुम्दीकोट महादेव मन्दिर जाँदै गरेको बस भीरबाट खस्यो, घाइतेहरूको नाम ठेगाना पूरा विवरण

पोखरा नगर बस दुर्घटना

पुम्दीकोट महादेव मन्दिर जाँदै गरेको बस भीरबाट खस्यो, घाइतेहरूको नाम ठेगाना पूरा विवरण

३ गम्भीर, ४ मध्यम, २८ सकुशल

Pumdi bus

पोखरा महानगरपालिका वडा नं. २२ मा नगरबस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार थिए ।

दुर्घटनामा परेको नगरबसमा सवार सबै यात्रुको नाम ठेगाना खुलेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् ।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काठमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१ का ३५ वर्षिय बुद्धिराज सुवेदी र पोखरा १७ का ५७ वर्षिय उत्तमबहादुर गुरूङ छन् ।

यस्तै, मध्यम घाइते हुने चार जनामा पोखरा १७ कि ३१ बर्षकी अनिता थापा, पोखरा १५ कि १६ वर्षीया विनिता न्यौपाने, काठमाण्डुकी २८ बर्षीया विनिता पराजुली र पोखरा १७ कि ६१ वर्षीया राधिका थापा रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकका अनुसार छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।

घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत् अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै