हेम्जामा फेरि दुर्घटना, तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

दुर्घटना

हेम्जामा फेरि दुर्घटना, तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

जेब्राक्रस नजिकै

Hemja Acci

पोखरा । ‘भाइरल रोड’ भनेर चिनिने पोखरा महानगरपालिका २५ स्थित हेम्जा सडकखण्डमा दुर्घटनामा कमी आएको छैन । फराकिलो सडकमा तीब्र गतिमा सवारी चलाउँदा पैदलयात्रुले लगातार ज्यान गुमाइरहेका छन् ।

शनिबार पुनः एक जनाको ज्यान गएको छ । जेब्राक्रस नजिकैबाट बाटो काट्दै गरेकी वृद्धालाई माइक्रो हाइसले ठक्कर दिँदा वृद्धाको ज्यान गएको हो ।

काठमाण्डौबाट पोखरा हुँदै बाग्लुङ गइरहेको बा ३ ख ९७२६ नम्बरको हाइसले हेम्जाको सापकोटाचोकमाअन्दाजी ७५ वर्षीया नौली बिकलाई ठक्कर दिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी  घर भएकी नौली छोरीको घर आउने क्रममा बेलुकी ५ः५० बजेको समयमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार हाइस तीब्र गतिमा थियो ।

दुर्घटनापछि तत्काल अस्पताल ल्याइएकोमा ६ः२० बजे चिकित्सकले मृत घोषणा गरे । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित समाचारः

फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै