‘पानी परेको’ फिमेल भर्सनमा सिम्रनलाई अर्जुनले दिए अवसर [भिडियोसहित]

पानी परेको

‘पानी परेको’ फिमेल भर्सनमा सिम्रनलाई अर्जुनले दिए अवसर [भिडियोसहित]

सार्वजनिक भएकाे केही घण्टामै ट्रेण्डिङमा

यतिबेला युट्युब, फेसबुक तथा टिकटक जताततै बागलुङकी नवप्रतिभा सिम्रन परियार भाइरल छिन् । चर्चाकाबीच सिम्रन गीत रेकर्डका लागि काठमाण्डौ पुगिन् ।

चर्चित युवा गायक अर्जुन सापकोटाले आफ्नो सुपरहिट गीत ‘पानी परेको’ फिमेल भर्सनमा ल्याउँदै सिम्रनलाई अवसर दिएका छन् । ९ महिनाअघि अर्जुनले एकल आवाजमा सार्वजनिक गरेको उक्त गीत हिट भएको थियो । अर्जुनले ‘ए ठुली’ टाइटलमा उक्त गीत सार्वजनिक गरेका थिए । जुन आधा करोड बढीले हेरिसकेका छन् ।

सोहि गीतलाई पुनः फिमेल भर्सनमा सोमबार सार्वजनिक गरेका हुन् । भिडियोमा अर्जुन र सिम्रन नै फिचर्ड छन् । साथमा, बेगम नेपाली ‘भटभटे माइला’ पनि देखिएका छन् । सार्वजनिक भएकाे केही घण्टामै भिडियाे ट्रेण्डिङमा परिसकेकाे छ ।

सिम्रनले गीतलाई न्याय गरेका छन् । उनको गायन व्यवसायिक कलाकारभन्दा कम सुनिएको छैन । भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छुन् । दुर्गा पौडेलको सिनेमाटोग्राफी रहेको भिडियो सम्पादन दीपक विष्टले गरेका हुन् ।

कृष्ण बस्यालको शब्द रहेको गीतको संगीत अर्जुन स्वयंको र एरेन्ज सुनील परियारको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै