पोखराको फेवा पावरहाउस स्टेशन नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा ज्यान जाने गरेकाे खबर नौलो होइन । गत ६ साउनमा एक किशोरको ज्यान गएको घटना ताजै रहँदा फेरि अर्का बालकको नजिकै छाङ्गोमा खसेर मृत्यु भएको छ ।
विहीबार मध्यान्ह पावर हाउस माथि भीरको छाङ्गोमा खसेर पोखरा १७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका कान्छो छोरा सम्बोधन अधिकारीको ज्यान गएको हो ।
यही वर्ष मात्र चार महिनाको अवधिमा पावरहाउस वरपर तीन जनाको ज्यान गइसकेको छ । गत वैशाख १६ गते पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको फुस्रे खोलामा डुबेर ज्यान गएको थियो । गत साउन ६ गते पोखरा ८ बगाले टोलका १६ वर्षीय विवेक कुँवरको फुस्रे खोलामै डुबेर मृत्यु भएको हो ।
पोखरा महानगरपालिका १७ स्थित फेवा पावरहाउस नजिकैकाे फुस्रेखाेला मात्र हाेइन, छाँगाे पनि उत्तिकै खतरापूर्ण छ । पावर हाउसको नहर नजिकै वर्षा याममा अर्को नहर बन्छ । हिँउदमा सुरूङ जस्ताे खाडल वर्षामा पानीले भरिन्छ । फेवा नहरबाट बढी भएको पानी झर्ने छाँगोसँगै यही पानीले अर्काे ठूलो झरनाजस्तै छाँगो बन्छ । १० वर्षीय सम्बोधन अन्य साथीहरुसँगै यही छाँगोमाथि पानी जमेकाे रहमा नुहाएका थिए ।
मध्यान्ह करिब १२ बजेको समयमा एक्कासी डुबेर बेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा १ घण्टापछि भीरमा छाँगोमै अड्किएको अवस्थामा मृत फेला पारिएको थियो ।
बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली उक्त स्थानमा खटिएको थियो । खोजी गर्ने क्रममा झन्डै एक घण्टापछि सवा एक बजे सशस्त्र प्रहरी जवान सन्तबहादुर लामिछाने र देवराज खनालको टोलीले बालकलाई छाँगोभित्र कोप्चेरोमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो । बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
पावरहाउसमा लगिएको नहर, नजिकैको छहरा र फुस्रेखोलामा पौडी खेल्न पूर्णतः बन्देज लगाइनुपर्ने आवाज जोडदार रुपमा उठेको छ । पोखरा महानगर, वडा नं. १७ कार्यालय, प्रहरी प्रशासनले यस कार्यका लागि ढिलाई गर्न नहुनेमा स्थानीयको जोड छ ।
पावरहाउस नजिकको मनोरम दृश्य, पावरहाउस झर्ने सिढिँ, पौडी खेल्न रहर जाग्ने फुस्रे खोलाको दह हेर्न र पौडी खेल्न युवायुवती त्यस क्षेत्रमा पुग्छन् । कति पोखरा बाहिरकालाई फुस्रे खोलामा पौडी खेल्दा डुबेर दर्जनौंको ज्यान गएको थाहा पनि छैन । त्यसैले, थाहा नपाउनेहरु नै खोलामा डुबेर मृत्युवरण गरिरहेका छन् ।
शनिबार तथा बिदाका दिन नै धेरै बालककाे ज्यान गएकाे छ । यही वर्ष मृत्यु भएका राेनिश र बिबेक शनिबार नै पाैडी खेल्न फुस्रे खाेलामा पुगेका हुन् । अहिले पनि आँखा पाक्ने रोगका कारण विद्यालयहरु बन्द छन् । त्यसैले बालबालिकाहरु पौडी खेलन खोला, नहरमा पुगेका छन् ।
अब ढिला नगरी त्यस ठाउँमा पौडी खेल्न रोक लगाउनुपर्ने अति आवश्यक भइसकेको छ ।
सम्बन्धित समाचारः
पोखरा पावरहाउस नजिकको फुस्रेखोलामा मान्छे डुबेर मर्ने क्रम रोकिएन, १६ वर्षीय विवेकको ज्यान गयो
पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
सम्बन्धित खबर
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ हुँदै
सफल फेमिली मिल्क पोखरा बजारमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !