डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ

डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ

‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘भुल्नै भयो धौ’, ‘कल्पनामै भएनी देख्छु भनेको’, ‘घामले नि पोल्दियो’, ‘किन यस्तो हुन्छ’, ‘यत्ती जान्न मन छ’, ‘भुमरीमा परें भने म’ लगायतका बहुचर्चित गीतका सर्जक शिव सुवेदीले पछिल्लो समय नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक गरेका छन् ।

सुवेदीले आफ्नो जन्मदिनको अवसरमा यस गीत आफ्ना शुभेच्छुक श्रोता दर्शकसमक्ष उपहारस्वरुप ल्याएका छन् । सुवेदी हालै विद्यावारिधि गर्न सफल भएका छन् । उनले स्विजरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट औपचारिक शिक्षाको उच्चतम उपाधि प्राप्त गरेका छन् । नेपाली लोकसंगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आएका सुवेदीलाई अब ‘भुकम्पविद् डा. शिव सुवेदी’ का रुपमा पाएका छौं ।

डा. सुवेदीले गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा डा. सुवेदीको शब्द तथा संगीत छ । गीतको म्युजिक भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ।   देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ । सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा यो भिडियोमा देखाइएको छ ।

प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै