पोखरा । शनिबार राति ग २ च ७५१५ नम्बरको कार पोखरा ८ सिर्जनाचोकको आइल्याण्डमा ठोक्किएर दुर्घटना भयो । कारको अगाडिको भाग क्षतिग्रस्त छ भने चालक तथा अन्यलाई केही भएन । आईल्याण्ड भत्किएको छ ।
लेकसाइड स्थित एक गेष्ट हाउसका सञ्चालक कृस नेपालीले चलाएको कार दुर्घटनामा परेको उनलाई चिन्नेजान्नेहरुले बताएका छन् । साथीभाइहरुसँग रमाइलो गरेर फर्केका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर, दुर्घटनाको कारण योसँगै अर्को पनि छ । अहिले सिर्जनाचोकमा आकाशेपुल निर्माणको काम रोकिएको छ । पुलका लागि पोल बीच भागबाटै गाडिएको छ र सो ठाउँ आइल्याण्ड भाग हो । निर्माण कार्य पूरा नभएकाले आइल्याण्ड बनाइएको वाल र सडकको रङ एकै छ । सो कारण पनि रातको समयमा ठम्याउन गाह्रो हुने चालकहरु बताउँछन् ।

पोखराका मूख्य चोकहरुमा आकाशेपुल बनाउने लक्ष्यअनुरुप पहिलो काम सिर्जनाचोकमा भएको हो । पोखरा महानगरपालिका र निर्माण कम्पनी बीचको सम्झौता अनुसार साउनमै पुल बनिसक्नुपर्ने थियो । लकडाउनसँगै विद्युतीय पोलतारको व्यवस्थापन नहुँदा समयमै काम भएन । सो एरियामा भएको बिजुलीका तार र पोल नहटाएकै कारण निर्माण कम्पनी केएमजेबी एनएसले काम गर्न नपाएको गुनासो गरेको छ । त्यसैले, पुल निर्माण कार्य ढिलो हुनुको कारण पोखरा महानगर हो ।
सडक बीचमा र ३ दिशामा गरेर ४ ठाउँमा पिल्लर ठड्याइएको छ । ती पिल्लर ३ महिना पहिल्यै उठाइएको हो । मेट्रोसिटी हस्पिटल अघिको कर्नरमा पोल उठाइएको छैन ।
पोखरा महानगरपालिकाको २ करोड ३० लाख लागतमा बन्ने आकाशे पुलको गत वर्ष २७ मंसिरमा नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । यस पुल दिवंगत सांसद रबिन्द्र अधिकारीको पनि योजना थियो । स्व. अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।

तस्वीरः शिवराज बस्ताकोटी र अनुप ढेवाजु
सम्बन्धित खबर
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
फेरिँदै ‘रूपाको रूप’
थातथलो खोज्दै युकेदेखि नेपालसम्म: ‘क्होला सोँप्री ट्हो’ को यात्रामा प्हे ल्हु संघ बेलायतको टोली
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा