विक्रमलाई मुस्कानको गुनासो ‘कति बस्छौ परदेशैमा…’

विक्रमलाई मुस्कानको गुनासो ‘कति बस्छौ परदेशैमा…’

bikram 3

प्रिय गायिका तिर्सना गुरुङको नयाँ गीत कति बस्छौ परदेशैमा गीत सार्वजनिक भएको छ । तीन दिन अगाडि सार्वजनिक भिडियो भोलिपल्टैबाट युट्युव ट्रेण्डिङमा परेको छ ।

गीतको रचना र कम्पोज तिर्सना आफैले गरेकी हुन् । गीतको भिडियोमा मुस्कान रानी र विक्रम ठकुरी देखिएका छन् । भिडियोको निर्देशन विजु कर्माचार्यले गरेका हुन् । गीतको एरेन्ज सन्नि सुनाम, मिक्सिङ जोशुवा भोलन, क्यामेरामा सञ्जिप राई लगायत छन् ।

तिर्सना पछिल्लो समय निकै रुचाइएकी छिन् । उनको गीत माया पिरती, रेल लै मा, खानिहोयामु, गुराँसै फूल्योलाई २० लाखदेखि झण्डै डेढकरोड पटक युट्युबमा हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै